गृहमन्त्रीले खोज्नुभयो नेता नेपालको सहयोग
काठमाडौं– वागमती प्रदेशका लागि हुन गइरहेको राष्ट्रिय सभाको उपनिर्वाचनमा एमाले उम्मेदवार रामबहादुर थापा ‘बादल’ले नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँग सहयोग माग्नुभएको छ ।
नेपाल निवास कोटेश्वरमा मंगलबार भएको भेटमा गृहमन्त्री थापाले नेता नेपालसँगग सहयोग माग्नुभएको उहाँका प्रेस संयोजक किरण भट्टराईले बताउनुभएको छ । भेटमा नेता नेपालले राष्ट्रिय सभाको निर्वाचनमा उम्मेदवार रहनुभएका गृहमन्त्री बादललाई आफ्नो पूर्ण सहयोग रहने बताउनुभएको भट्टराईको दाबी छ ।
नेपाली कांग्रेस, माओवादी केन्द्र लगायतका विपक्षीले डा. खिमलाल देवकोटालाई उम्मेदवार बनाएका छन् ।
एमालेका उम्मेदवार बादलका पक्षमा मतदान गर्न महासचिव ईश्वर पोखरेलले प्रदेशसभा सदस्य र स्थानीय निकायका प्रमुख, उपप्रमुखलाई ह्वीप जारी गर्नुभएको छ ।
प्रतिक्रिया राख्नुहोस्