१२ वर्षमाथिकालाई पनि खोप लगाउने तयारी गरौँ- सभापति देउवा

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना भाइरसको तेस्रो लहर पनि केही महिनामै आउन सक्ने र त्यसले बालबालिकालाई असर गर्ने भन्ने विज्ञको भनाइप्रति सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

उहाँले आज सामाजिक सञ्जालमार्फत सरकारलाई केन्द्र र सात वटै प्रदेशमा बालबालिकाका लागि अस्पतालमा विशेष वार्ड, आइसीयूलगायतको तयारी गर्न आग्रह गर्नुभएको छ ।

भूतपूर्वप्रधानमन्त्री देउवाले १२ वर्षमाथिका बालबालिकालाई खोप शुरु गर्ने विषयमा पनि प्रक्रिया अघि बढाउन सरकारसँग अनुरोध गर्नुभएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.