नेपाल रेडक्रसद्वारा अक्सिजन कन्सन्ट्रेटर सहयोग

काठमाडौं– नेपाल रेडक्रस सोसाइटीले ९० थान अक्सिजन कन्सन्ट्रेटर सहित व्यक्तिगत सुरक्षाका सामग्रीहरु हस्तान्तरण गरेको छ ।

महिला, बालवालिका तथा जेष्ठ नागरिक मन्त्रालयको सहजीकरणमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई कोभिड–१९ प्रतिकार्यका लागि हस्तान्तरण गरिएका स्वास्थ्य सामग्रीहरु सोसाइटी अफ चाइनाले सहयोग स्वरुप प्रदान गरेको थियो ।

मानवीय संकटको यस कठिन घडीमा नेपाल रेडक्रस सोसाइटी र नेपाल स्थित रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासंघ (फेडेरेशन)को पहलमा प्राप्त सामग्री नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष डा. नेत्रप्रसाद तिम्सिनाले महिला, बालवालिका तथा जेष्ठ नागरिक मन्त्री जुली कुमारी महतो मार्फत् स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयश त्रिपाठीलाई हस्तान्तरण गर्नु भएको थियो ।

कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री त्रिपाठीले भन्नुभयो नेपाल रेडक्रसले कठिन घडिमा गर्दै आएको सेवा निकै महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘यी सामग्रीहरु संक्रमितको उपचारका लागि प्रयोग गरिनेछन् ।’

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.