अष्टलक्ष्मी शाक्यसहित १४ सांसदले बुझाए स्पष्टीकरण

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी(एमाले) संसदीय बोर्डले स्पष्टीकरण सोधेका प्रदेशसभा सदस्यले स्पष्टीकरण बुझाएका छन् ।
स्पष्टीकरण सोधिएका सबै प्रदेशसभा सदस्यले एकमुष्टरुपमा स्पष्टीकरण बुझाएको एमाले वाग्मती प्रदेश संसदीय दलका मुख्य सचेतक दीपक निरौलाले जानकारी दिनुभयो । बोर्डले नेत्री अष्टलक्ष्मी शाक्यसहित माधवकुमार नेपाल पक्षका मानिने १४ प्रदेशसभा सदस्यहरुलाई स्पष्टीकरण माग गरेको थियो ।
प्राप्त स्पष्टीकरणको अध्ययन गर्ने र चित्तबुझ्दो नभए पार्टी विधान अनुसार कारवाही गरिने मुख्य सचेतक निरौलाले बताउनुभयो ।
पार्टीका आधिकारिक उम्मेदवार रामबहादुर थापा बादलविरुद्ध मत दिएको स्पष्टीकरण सोधिएका सांसदहरुलाई आरोप लगाइएको छ ।






प्रतिक्रिया राख्नुहोस्