गण्डकी अस्पतालमा अब कोभिडको मात्रै उपचार

कास्की- पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पताल (गण्डकी अस्पताल) को ओपिडि (बहिरङ्ग) सेवा आजदेखि अनिश्चितकालका लागि बन्द गरिएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको सो अस्पतालले हिजो एक सूचना जारी गरी त्यस्तो जनाएको हो ।

अस्पतालले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्र्तगतको स्वास्थ्य आपतकालिन कार्यसंचालन केन्द्रले कोभिड–१९ का बिरामीहरुको उपचार व्यवस्थापन गर्न निर्देशन दिएकाले सोही अनुसार सेवा बन्द गर्नुपरेको जनाएको छ।

कुल ३ सय ५० वेड रहेको उक्त अस्पतालमा संक्रमितको उपचारका लागि यसअघि नै ८० बेड आइसोलेसन निर्माण गरि सकिएको छ ।

यता अस्पताल प्रशासनले भने ओपीडी सेवा बन्दबाट सर्वसाधारणमा पर्न जाने असुविधाप्रति दुःख व्यक्त गरेको प्रतिष्ठानका निर्देशक प्रा. डा. भरतबहादुर खत्रीले बताउनुभयो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.