नेपालमा कोभिड– १९ : मृत्यु घट्यो, संक्रमण बढ्यो

गत २४ घण्टामा २२ हजार ९ सय ३६ जनाको पीसीआर र एन्टीजेन परीक्षणमा ८ हजार ६ सय ३६ संक्रमित

काठमाडौं– पछिल्ला दिन कोभिड १९ संक्रमितको संख्यामा कमी आए पनि गएको २४ घण्टामा फेरि बढेको छ ।

गत २४ घण्टामा २२ हजार ९ सय ३६ जनाको पीसीआर र एन्टीजेन परीक्षणमा ८ हजार ६ सय ३६ संक्रमित भएका छन् । सोही अवधिमा ६ हजार ४ सय ४ जना निको भएका छन् ।

कोरोनाबाट मृत्यु हुनेको संख्यामा पनि केही कमी आएको छ । गत २४ घण्टामा १ सय ६९ जनाको मृत्यु भएको छ ।

काठमाडौं उपत्यकामध्ये काठमाडौंमा १८६३, भक्तपुरमा ३२३ र भक्तपुरमा ४२७ गरी २६१३ संक्रमित भएका छन् ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.