कोरोनाको दोस्रो भेटियन्टपछि पहिलोपटक संक्रमित भन्दा निको हुने संख्या बढी, मृत्यु हुने संख्या पनि घट्यो

काठमाडौं– कोरोनाको दोस्रो भेटियन्टपछि २४ घण्टा अवधिमा पहिलोपटक संक्रमित भन्दा निको हुने संख्या बढी भएको छ । मृत्यु हुनेका संख्यामा पनि कमी आएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसारका गत २४ घण्टामा १९ हजार ३ सय ५२ जनाको एन्टीजेन र पीसीआर परीक्षणमा ६७१४ जनामा संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार सोही अवधिमा ६७१६ जना निको भएका छन् । निको हुने संख्या बढेर ७६ दशमव ९ प्रतिशत पुगेको छ ।

२४ घण्टामा मृत्यु हुने संख्यामा पनि कमी आएको छ आज १ सय ४५ जनाको कोभिड संक्रमणबाट मृत्यु भएको छ ।

काठमाडौंमा ११३९, भक्तपुरमा ११३ र ललितपुरमा २४१ गरी उपत्यकामा १४९३ जना संक्रमित भएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.