प्रतिनिधिसभा विघटनसम्बन्धी १९ वटा रिट प्रधानन्यायाधीशको एकल इजलासमा
कठमाडौं- प्रतिनिधिसभाको विघटनसम्बन्धी १९ वटा मुद्दाको सुनुवाइ सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जवराको एकल इजलासमा हुने भएको छ ।
सर्वोच्च अदालले प्रकाशित गरेका आजको पेशी सूचीमा सो कुरा उल्लेख छ ।
प्रतिनिधसभा दाेस्राे पटक विघटनपछि सर्वाेच्चमा ३० वटा रिट दायर भएका र त्यस मध्ये ११ वटा रिट भने संवैधानिक इजलासमा दर्ता भएका छन् ।
संबैधानिक इजलासमा दर्ता भएका ११ वटा रिटकाे प्रारम्भिक सुनुवाइ भाेलि हुने छ ।
यही जेठ ८ गते मन्त्रिपरिषद्काे सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गर्नु भएकाे थियाे ।
प्रतिनिधि सभा विघटनको विरुद्दमा विपक्षी दलहरुका सांसदहरु स-शरिर सर्बोच्चमा उपस्थित भएर रिट दायर गर्नुभएको थियो ।।
प्रतिक्रिया राख्नुहोस्