भारतमा संक्रमितको संख्यामा व्यापक कमी
नयाँ दिल्ली– कोरोनाभाइरस महामारीको दोस्रो लहरबाट प्रभावित भारतमा विगत २४ घण्टाको अवधिमा संक्रमितको संख्यामा व्यापक कमी आएको छ ।
विगत मे ९ तारिखमा एकै दिन चारलाख भन्दा बढी संक्रमित फेला पारिएकामा पछिल्लो २४ घण्टामा त्यो संख्या घटेर एक लाख ६५ हजार मात्र देखिएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । अहिले त्यहाँ सक्रिय संक्रमितको संख्या अझै २१ लाख १४ हजार रहेको छ ।
विगत २४ घण्टामा एक लाख १४ हजारले सक्रिय संक्रमितको संख्यामा कमी आएको पनि मन्त्रालयले जनाएको छ । तर भारतमा कोभिड–१९ को संक्रमणबाट भइरहेको दैनिक मृत्यु दरमा सामान्य कमी आए पनि तिब्र सुधार हुन सकेको छैन ।
पछिल्लो २४ घण्टामा तीन हजार ४६० जनाको ज्यान गएको छ । यो सहित भारतमा कूल मृतकको संख्या तीन लाख २५ हजार ९७२ पुगिसकेको छ ।
प्रतिक्रिया राख्नुहोस्