उच्च हिमाली क्षेत्रस्थित लाङटाङ स्वास्थ्य चौकीलाई अक्सिजन कन्सन्ट्रेटर प्रदान

रसुवा- नेपालको तेस्रो पर्यटकीय गन्तव्य लाङटाङमा अक्सिजन कन्सन्ट्रेटर लगायतका स्वास्थ्य सामाग्री उपलब्ध गराइएको छ ।

स्वास्थ्यको पहुँच सामान्य पुगे पनि कोभिड-१९ संक्रमणका बिरामीहरुको उपचार गर्ने उपकरण नपुगेका दुर्गम स्थानहरुमा स्वास्थ्य सामाग्री सहयोग अन्तर्गत लाङटाङ स्वास्थ्य चौकीलाई माउन्टेन हर्ट नेपालले अमेरिकन संस्था “डाईरेक्ट रिलिफ’ मार्फत उपलब्ध अक्सिजन कल्सन्ट्रेटर लगायतका सामाग्री उपलब्ध गरेको हो ।

करिब ७ लाख मुल्य बराबरको चार वटा अक्सिजन कन्सन्ट्रेटर र दुई हजार थान मास्क स्वास्थ्य चौकीलाई प्रदान गरिएको छ । हिजो हेलिकप्टरमार्फत लाङटाङ पुगेर माउन्टेन हर्ट नेपालका अध्यक्ष डाक्टर अवन गौतमले उक्त सामाग्री लाङटाङ स्वास्थ्य चौकीलाइ हस्तान्तरण गर्नुभएको हो ।

रसुवाको सबैभन्दा उच्च स्थानमा रहेको पर्यटकिय क्षेत्र लाङटाङ ३५ सय देखि ३९ सय मिटरको उचाईमा मानव बसोबास रहेको छ ।

उच्च स्थानमा बसोबास गर्ने मानिसहरुलाई श्वास प्रश्वासका लागि अक्सिजनको मात्रा कमी हुने हुँदा कोभिड-१९ का संक्रमित भई गम्भीर प्रकृतिका बिरामीहरुका लागि अक्सिजन कल्सन्ट्रेटर फलदायी हुने विश्वास स्थानीयहरुले गरेका छन् ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.