विश्वकै ठूलो परिवारका अभिभावकको मृत्यु

विश्वकै ठूलो ठानिएको १६३ जना सदस्य रहेको परिवारका अभिभावक भारतको उत्तरपूर्वी राज्य मिजोरमका ७६ वर्षिय पुरुषको निधन भएको छ ।

बहुपत्नी प्रथा कायमै रहेको एक परम्परागत समुदायका मुखिया जिओना चानाको निधन भएको विविसीले उल्लेख गरेको छ ।

चानाको ३८ जना श्रीमती, ८९ जना छोराछोरी र ३६ जना नातीनातिना रहेको बताइएको छ । ठूलो परिवार भएका कारण वास्तविक संख्या एकिन नभएको भन्दै केही भारतीय माध्यमहरुले चानाको परिवारका सदस्यको संख्या १८१ पनि बताएका छन् ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.