वीरगन्जमा थप एक कोरोना संक्रमितको मृत्यु

पर्सा– वीरगन्जमा बुधबार थप एक जना कोभिड संक्रमित पुरुषको मृत्यु भएको छ । वीरगन्ज नारायणी अस्पतालको अस्थानिय कोभिड उपचार केन्द्र गण्डकमा भर्ना रहेका वीरगन्ज रेशमकोठी निवासी वर्ष ६८का सुनिल विश्वाको विहान साढे दश बजे मृत्यु भएको हो ।

६ दिनदेखि आइसोलेसन वार्डमा उपररत विश्वाको मुटुको समस्या रहेको स्थानीय कोभिड उपचार केन्द्रका संयोजक डा। उदयनारायण सिंहले जानकारी दिनुभयो ।

शव व्यवस्थापनको लागि नेपाली सेनालाई जिम्मा लगाइएको अस्पताले जनाएको छ । पर्सामा हालसम्म एक भारतीय सहित ७ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.