उपत्यकाको निषेधाज्ञा भोलिदेखि सकिँदै, अबको तयारी के छ ?

काठमाडौं– काठमाडौं उपत्यकामा पछिल्लो पटक जारी निषेधाज्ञा भोलिबाट सकिदैछ ।

निषेधाज्ञाका बारेमा निर्णय लिन आज उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दैछ । बैठक पछि मात्र निषेधाज्ञा थप गर्ने वा कुन(कुन क्षेत्र खुल्न दिने भन्नेबारे निर्णय हुने बताइएको छ ।

अहिले खाद्यान्न र तरकारी पसल बिहान ११ बजेसम्म खोल्न पाइन्छ भने निर्माण सामग्री विक्री गर्ने पसल अपरान्ह ४ बजेपछि खुल्दै आएका छन् । कोरोना संक्रमित घट्दै गए पनि जोखिम भने कायमै रहेकोले संक्रमणको अवस्था हेरेर निर्णय लिइने बताइएको छ ।

यसअघि कोरोना निर्देशक समितिको बैठकले आर्थिक क्षेत्र चलायमान हुने गरी असार दोस्रो सातादेखि स्मार्ट लकडाउन गर्ने निर्णय गरेको थियो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.