अविरल वर्षाका कारण आएको पहिरोले घर पुरिँदा एकै परिवारका ३ जनाको मृत्यु

रोल्पा- अविरल वर्षाका कारण घरमाथिबाट आएको पहिरोले घर पुरिँदा रोल्पामा ३ जनाको मृत्यु भएको छ ।

गएराति साँढे १२ बजेतिर आएको पहिरोमा परी रोल्पा नगरपालिका–९ ह्वामाका टिकासिङ बुढाको घर पुरिँदा उनकी ८६ वर्षीया आमा करती बुढा, १८ वर्षीया बुहारी सुशीला बुढा र १५ वर्षीया छोरी श्यामकला बुढाको ज्यान गएको हो ।

सोही घरमा सुतिरहेका टिकासिङ सहित अन्य ३ जना भने सकुसल रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका इन्स्पेक्टर सन्तोष केसीले जानकारी दिनुभयो ।

विहानैदेखि टेलिफोनमा आएको समस्याका कारण थप विवरण आउन नसकेको र प्रहरी नायब उपरिक्षक नरेश सुवेदी नेतृत्वको टोली घटना स्थल पुग्नै लागेकाले थप विवरण आउन बाँकी रहेको पनि इन्स्पेक्टर केसीले बताउनुभयो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.