कोरोना संक्रमित संख्या फेरि बढ्यो
२४ घण्टामा ११५६८ जनाको पीसीआर र एन्टीजेन परीक्षणमा २८९२ जना संक्रमित

काठमाडौं– नेपालमा कोरोना भाइरस संक्रमित संख्या फेरि बढेको छ ।
२४ घण्टामा ११५६८ जनाको पीसीआर र एन्टीजेन परीक्षणमा २८९२ जना संक्रमित भएका छन् । ७१८७ पीसीआर गर्दा १८८९ र ४३८१ एन्टीजेन परीक्षण गर्दा १००३ संक्रमित भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलका अनुसार संक्रमित दर २९ प्रतिशत पुगेको छ । ‘संक्रमित केही बढेको छ । जोखिम हटेको छैन,’ उहाँले भन्नुभयो, ‘जनस्वास्थ्यका मापदण्ड पालना गर्न नभुलौं ।’
२४ घण्टामा ३५९७ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।
२४ घण्टामा ४१ जनाको मृत्यु भएको रिपोर्ट प्राप्त भएको छ । प्रवक्ता डा. पौडेलका अनुसार केही स्थानमा छुटेका विवरण जोडेकाले मृत्युको संख्या बढेका देखिएको हो ।
काठमाडौं उपत्यकामा ५७२ संक्रमित फेला परेका छन् । काठमाडौंमा ४३६, ललितपुरमा १८९ र भक्तपुरमा थप ४७ संक्रमित भएका छन् ।
नेपालमा हाल ३३५६१ सक्रिय संक्रमित रहेका छन् ।






प्रतिक्रिया राख्नुहोस्