आन्तरिक हवाइ उडान आजदेखि सुरु
काठमाडौं– निषेधाज्ञा केही खुकुलो पारिएसँगै मुलुकको आन्तरिक हवाइ उडान आजदेखि सुरु भएको छ ।
आन्तरिक उडानका वायुसेवा प्रदायक कम्पनी बुद्ध एयर, यती एयरलाइन्स, श्री एयरलाइन्स, सौर्य एयरलाइन्सले उडान सुरु गरेका छन् ।
मन्त्रिपरिषद्को निर्णय अनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आजदेखि आन्तरिक उडान नियमित रुपमा सुरु गर्ने निर्णय गरेको हो ।
तोकिएको स्वास्थ्य प्रोटोकल पूर्णरुपमा पालना गरी उडान सञ्चालन गरिने भएको हो । उडान नियमित गरिए पनि पूर्ण रुपमा भने सञ्चालन हुने छैन । हाललाई साविकको तुलनामा ५० प्रतिशत उडान मात्रै हुने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्