नेपाली काँग्रेस पदाधिकारी बैठक आज
काठमाडौँ- नेपाली काँग्रेसको पदाधिकारी बैठक आज वस्दैछ ।
आवश्यक तयारी नपुगेको जनाउँदै हिजो बस्ने भनिएको बैठक स्थगित गरिएको थियो ।
काँग्रेसको क्रियाशील सदस्यता सम्बन्धी मापदण्डबारे शीर्ष तहमा सहमति जुटाउने प्रयास भइरहेको जनाइएको छ ।
काँग्रेसका मुख्यचिव कृष्णप्रसाद पौडेलले आज अपराह्न २ बजे बस्ने बैठकले क्रियाशील सदस्यता सम्बन्धी विषयको टुङ्गो लगाउने जानकारी दिनुभयो ।
बैठकका बैठकमा कांग्रेसका पदाधिकारी, पूर्व पदाधिकारी र क्रियाशील सदस्यता छानबिन समितिका पदाधिकारीहरुलाई बोलाइएको छ ।
महाधवेशनको तयारीमा जुटेको काँग्रेसमा फेरि क्रियाशिल सदस्यता विवाद बढेपछि शीर्ष तहबाट टुंगो लगाउनुपर्ने दवाब बढेको थियो ।
त्यसो त नेपाली काँग्रेसभित्र नयाँ नेतृत्वका लागि नेताहरुबीच छलफल शुरु भैसकेको अबस्थामा क्रियाशिल सदस्यताको विषय झन पेचिलो बनेको छ ।।






प्रतिक्रिया राख्नुहोस्