धरानमा चिकित्सक, विद्यार्थी र कर्मचारीको आन्दोलन चर्कियो
धरान– सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आन्दोलनरत चिकित्सक, विद्यार्थी एवं कर्मचारीहरुले वृहत विरोध र्याली निकालेका छन् ।
प्रतिष्ठानको शुद्धीकरण अभियानका लागि कर्मचारीहरूको संयुक्त सङ्घर्ष समितिले आज बृहत र्याली प्रदर्शन गरेको हो । असार १ गतेबाट सुरु भएको आन्दोलन आज २० औं दिन पुगे पनी सुनवाइ नभएको भन्दै प्रदर्शन गरिएको बताइएको छ ।
प्रतिष्ठानका उपकुलपति प्रा. डा. ज्ञानेन्द्र गिरीको कार्यालय अगाडिबाट सुरु भएको बृहत् र्याली भानुचौक पुगेर पुनः उपकुलपतिको कार्यालय अगाडि पुगेर सकिएको छ । आन्दोलनकारीहरुले उपकुलपति सहित प्रतिष्ठानका चारै जना पदाधिकारीहरूको राजीनामा माग गरेका छन् ।
प्रतिक्रिया राख्नुहोस्