राष्ट्रियसभा बैठक : बिधिको शासन नभएको प्रतिपक्षी सांसदहरुको भनाइ

काठमाडौँ- राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा बोल्दै राष्ट्रियसभा सदस्यहरुले समसामयिक बिषयमाथि सरकारको ध्यानाकर्षण गराउनुभयो।

राष्ट्रियसभामा सत्तापक्षीय सदस्यहरुले पहिलो पटक विघटित प्रतिनिधिसभा पुनर्स्थापनापछि पनि काम गर्ने वातावरण बन्न नसकेकाले वर्तमान अवस्थामा निर्वाचनमा जानु नै सही निर्णय भएको वताउनु गर्नुभयो ।

उहाँहरुले संसदीय अभ्यासको नाममा गैह्र संबैधानिक अभ्यासहरु देखिएको तथा अनधिकृत र असंसदीय अभ्यास सुरु भएको दाबी गर्नुभयो ।

राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा बोल्दै प्रतिपक्षदलका सदस्यहरुले विधिको शासन र कानुनलाई सरकारले नमानेका कारण राजनितक समस्या बल्झिएको बताउनु भयो।

राष्ट्रियसभा सदस्यहरुले बाढी पहिरोबाट मुलुकका विभिन्न स्थानमा ठूलो जनधनको क्षति भएको भन्दै राहत, पुर्नस्थापनाको माग गर्नुभयो ।

आजको बैठकमा राष्ट्रियसभा सदस्यहरुले सबै नागरिकलाई तत्काल खोपको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउनु भयो।

संसदले पास गरे अनुरुपको चुच्चे नक्साको प्रयोग स्वयं सरकारी निकायबाट नै भएको छैन भन्दै राष्ट्रियसभा सदस्यहरुले राष्ट्रिय दलित आयोगको गठन संविधान बमोजिम नरहेको बताउनु भयो।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.