निर्वाचन आयोगद्वारा निर्वाचन कार्यक्रम सार्वजनिक

काठमाडौं– निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन, २०७८ को निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ ।

आयोगबाट आज स्वीकृत कार्यतालिका अनुसार अनुसार असार ३१ गतेदेखि साउन १५ गते सम्म गतेसम्म निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ताको कार्यक्रम राखिएको छ । पहिलो चरणमा सम्पन्न हुने प्रत्यक्ष निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम मिति असोज २१ गतेदेखि असोज २६ गते सम्म सञ्चालन हुने छ भने दोस्रो चरणमा सम्पन्न हुने निर्वाचनका लागि निर्वाचन कार्यक्रम असोज ३१ देखि कार्तिक ५ गते सम्म सञ्चालन गरिने आयोगले जनाएको छ ।

यसैगरी समानुपातिक निर्वाचन प्रणाली तर्फको निर्वाचन कार्यक्रम भदौ २ गते देखि कार्तिक २ गते सम्म सञ्चालन गरिने भएको छ । त्यसैगरी भदौ २३ गते गते मतदाताहरुको अन्तिम मतदाता नामावली प्रकाशन गरिने कार्यक्रम तय भएको निर्वाचन आयोगले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.