बन्दा बन्दैको पुल भाँचियो, निर्माणका क्रममा लापर्वाही भएको स्थानीयको भनाइ

धादिङ- तोकिएकै समयमा निर्माण कार्य सम्पन्न नहुँदा यस वर्ष धादिङको थाक्रे गाउँपालिकास्थित महेश खोलामा निर्माणधीन अवस्थामा रहेको पक्की मोटएवल पुल भाँचिएको छ ।

निर्माण कार्य अन्तिम चरणमा पुगेको सो पुल गत दुई वर्ष अघि नै निर्माण सम्पन्न भई सक्नु पर्नेमा निर्माणको जिम्मा लिएका निर्माण कम्पनीले गरेको ढिला सुस्ति र सडक विभागको लापरवाहीका कारण यस्तो अवस्थामा पुगेको हो ।

पुल भाँचिएसँगै थाक्रे गाउँपालिका सिम्लेका स्थानीयहरुको पुलबाट सवारी चढेर महेश खोला तर्ने आशा यस वर्ष पनि अधुरै रह्यो ।

निर्माण सुरु गरेको धेरै वर्षपछि यस वर्ष बल्ल तल्ल पुलको ढलान भएको थियो तर  पुल नै भाँचिएपछि त्यहाँका स्थानीयहरु चिन्तित बनेका छन ।

गाउँपालिकाको वडा नम्बर २ र ११ जोड्ने पक्की पुल केही दिन अघिको अविरल वर्षाका कारण आएको बढीले गर्दा बगाएपछि थप समस्या भएको हो ।

ठेकेदार कम्पनीले काममा गरेको ढिलासुस्तिका कारण समयमा नै पुल निर्माणको काम सम्पन्न हुन नसक्दा महेश खोलामा आएको बाढीले यस वर्ष पनि निर्माणधीन अवस्थाको अन्तिम चरणमा पुगेको पुल भाँचिएको हो ।

गत वर्ष पनि यस पुलमा बाढीले क्षती पुर्‍याएको थियो । ठेकेदार कम्पनीले काममा गरेको लापरवाही र सरोकारवाला निकायहरु र सडक विभाग थप जिम्मेवार नहुँदा जिल्लाका धेरै स्थानहरुमा भएका पुल पुलेसा र सडक जस्ता विकास निर्माणका कामहरुको अवस्था वर्षा लाग्न साथै यस्तै हुने गरेको छ ।

डिभिजन सडक कार्यालय भरतपुरले गरेको लापरवाहीका कारण सिम्लेस्थित महेश खोलाको पुल पटक पटक बाढीले क्षति पुर्‍याएको हो ।

यस वर्ष त धेरै स्थानहरुका पुलमा क्षति पुगेको छ । महेश खोलाको निर्माणधीन अवस्थामा रहेको पुल दुई वर्ष अघि नै निर्माण सम्पन्न गर्नु पर्ने थियो ।

चालिस मिटर लम्वाईको एक स्पानको सो पुलको निर्माण लागत करिव सात करोड रहेको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.