हाइटीका राष्ट्रपतिको निजी निवासमा गोली हानी हत्या

हाइटीका राष्ट्रपति जोभेनेल मोइजलाई उहाँको निजी निवासमा गोली हानी हत्या गरिएको छ ।

हाइटीका अन्तरिम प्रधानमन्त्री क्लाउड जोसेफले बुधबार जारी विज्ञप्तिमार्फत् राष्ट्रपति मोइजको हत्याको पुष्टि गर्नुभएको छ ।

मोइजले सन् २०१८ मा हुने व्यवस्थापिकाको चुनाव ढिलो भइरहँदा राष्ट्रपतिले असंवैधानिक रुपमा विशेषधिकार प्रयोग गर्दै विभिन्न निर्देशनमार्फत् शासन गर्दै आउनुभएको थियो । उहाँको कार्यकाल सकिनै लाग्दा विवादहरू चुलिँदै गएका थिए । विवादकैबीच यसअघि पनि उहाँको हत्याको प्रयास भएको थियो ।

अप्रिलमा हुनुपर्ने गरी तोकिएको हाइटीको संवैधानिक जनमत संग्रह कोभिड–१९ को महामारीको कारण स्थगित भएको छ । राष्ट्रिय निर्वाचन आयोगले जनमत संग्रहलाई सेप्टेम्बर २६ मा गर्ने घोषणा गत यसै वर्षको जुन २६ मा गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.