कांग्रेसद्वारा सर्वोच्च अदालतको फैसलाको स्वागत

काठमाडौं, नेपाली कांग्रेसले प्रतिनिधि सभा पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको फैसलाको स्वागत गरेको छ ।

सभापति शेरबहादुर देउवाले सोमबार विज्ञप्ती जारी गर्दै फैसलाले लिक बाहिर धकेलिएको संविधानलाई ट्रयाकमा ल्याएको प्रतिक्रिया दिनुभएको छ ।

‘लोकतन्त्र र लोकतान्त्रिक संविधान रक्षाका लागि विभिन्न ढंगले आन्दोलनमा सरिक राजनैतिक दलहरू, सबै कानून व्यवसायीहरू, भ्रातृ र शुभेच्छुक संस्थाहरु, नागरिक आन्दोलन र सजग सञ्चार माध्यम एवं स्वदेश र विदेशमा रहेका सबै नेपाली दिदीबहिनी–दाजुभाइलाई बधाई ज्ञापन गर्दछु,’ देउवाद्वारा जारी विज्ञप्तीमा भनिएको छ, ‘देश र जनताको हितमा संयम र एकतासाथ समर्पित भएर कार्य गर्न हामी सबैलाई फैसलाले अझ जिम्मेवार बनाएको छ ।’

कांग्रेसले कसैले पनि यसलाई व्यक्तिगत जीत हारको विषयका रूपमा नलिई लोकतन्त्र, लोकतान्त्रिक संविधान अनि समग्रमा देश र जनताको हितमा उपयोग गरेर जानुपर्नेमा जोड दिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.