कोदारी राजमार्ग करिब तीन हप्तापछि सञ्चालनमा आउँदै

सिन्धुपाल्चोक- बाढि पहिरोले ध्वस्त भएको कोदारी राजमार्ग करिब तीन हप्तापछि सञ्चालन हुँदैछ । जुरे, खागदल, जम्बु, बुल्कोटे डाकलाङ र दशकिलो लगाएत दर्जनौं स्थानमा सडकहरु अबरुद्ध थिए ।
बाह्रबिसे नगरपालिका वडा नम्बर ५ को जम्बु स्थित पूलक्षेत्रमा सडक निर्माण करीब सकिएपछि आजदेखि अस्थायी रुपमा यातायात सञ्चालनमा आउन लागेको हो । गत २५ गते राति याङ्घले खोलामा आएको बाढि पहिरोले सडक विगारेको थियो ।

अस्थायी रुपमा सडक सञ्चालनमा आएपनि पानी पर्दा बगाउने र तुरुन्त बनाउनुपर्ने यहाँको नियति भएकाले बर्षा जारी रहेसम्म जोखिम कायमै रहेको बाह्रबिसे नगरपालिकाका प्रमुख निमफुन्जो शेर्पाले बताउनुभयो ।
बाह्रबिसे देखि कोदारीसम्मको ३० किलोमिटर दुरीमा २ दर्जनभन्दा बढि स्थानमा सडक अवरोध हुँदा स्थानीयको जनजिवन कष्टकर बन्दै आएको छ । जम्बुमा सडक नखुल्दा भोटेकोशी गाउँपालिकाका सबै वडाका स्थानीयहरु राहत तथा आवागमनबाट समेत बञ्चित हुँदै आएका छन ।-






प्रतिक्रिया राख्नुहोस्