एकैदिन थपिए ३४२१ कोरोना संक्रमित

काठमाडौं– नेपालमा एकैदिन ३४२१ जना कोरोना संक्रमित थपिएका छन् ।
गत २४ घण्टामा १७२७२ जनाको कोरोना परीक्षण गर्दा ३४२१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १६८६ जना संक्रमणमुक्त भएका छन् भने २५ जनाको कोरोनाको कारण मृत्यु भएको छ ।
नेपालमा कोरोना निको हुने दर ९४ दशमलव ५ प्रतिशत रहेको छ । अहिलेसम्म ६ लाख ४५ हजार ३ सय १ जना कोरोना संक्रमणबाट निको भएका छन् भने ९ हजार ७ सय ३८ जनाको मृत्यु भएको छ ।






प्रतिक्रिया राख्नुहोस्