कार्यदलले बनायो तीन ड्राफ्ट
काठमाडौं- पाँच दलीय गठबन्धनद्वारा सत्ता सञ्चालनका लागि गठित कार्यदलले तीन वटा ड्रफ्ट तयार गरेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवासहित कार्यदलका नेताहरुको बैठकले सरकारका न्यूनतम साझा कार्यक्रम, सरकार सञ्चालनको कार्यविधि र सरकारका मन्त्रीहरूको आचारसंहिताको ड्राफ्ट बनाएको हो ।
तीनवटै ड्राफ्टलाई अन्तिम रुप दिएर शीर्ष नेताहरुसमक्ष प्रस्तुत गर्ने तयारी छ ।
गत साउन ३ बसेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री देउवाले विश्वासको मत प्राप्त गर्नुभएको थियो ।
कार्यदलमा सत्तारुढ गठबन्धनका तर्फबाट कांगेसका महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा नेता डा मिनेन्द्र रिजाल र रमेश लेखक, नेकपा माओवादी केन्द्रबाट वर्षमान पुन र देव गुरुङ, जनता समाजवादी पार्टीबाट महेन्द्रराय यादव र राजेन्द्र श्रेष्ठ रहनुभएको छ ।
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष भने यस कार्यदलमा सहभागी छैन ।
प्रतिक्रिया राख्नुहोस्