मुस्लिम आयोगका अध्यक्षद्वारा भारतले दिने एमबीबीएस छात्रवृत्तिमा मुस्लिमलाई कोटा छुट्याउन माग
काठमाडौं– मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले भारतले दिने एमबीबीएस छात्रवृत्तिमा मुस्लिमलाई कोटा छुट्याउन माग गर्नुभएको छ ।
नयाँ दिल्ली भ्रमणमा रहनुभएका अध्यक्ष अन्सारीले शनिबार भारतीय रक्षा मन्त्री राजनाथ सिंह र भारतको राष्ट्रिय अल्पसंख्यक कार्य मन्त्री मुखटार अब्बास नकबीसँगको भेटमा उत्तः माग गर्नुभएको हो । उहाँले नेपाललाई दिने छात्रवृत्तिमा मुस्लिमलाई पनि कोटा निर्धारण गर्न आग्रह गरेको जानकारी दिनुभयो ।
जवाफमा दुवै मन्त्रीले आफूहरु सकारात्मक रहेको बताउँदै सरोकारवालासँग छलफल गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
अन्सारीका अनुसार दुवै मन्त्रीले नेपालमा मुस्लिम समूदायको उत्थान र विकासका लागि संवैधानिक आयोग गठन भएकोमा खुसी व्यक्त गर्नुभयो ।
प्रतिक्रिया राख्नुहोस्