एमाले सचिव भट्टराईलाई मातृशोक, अध्यक्ष ओलीद्वारा शोक व्यक्त
काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सचिव एवं प्रतिनिधिसभा सदस्य योगेश भट्टराईलाई मातृशोक परेको छ । उहाँकी आमा महेन्द्रादेवी भट्टराईको ९५ वर्षको उमेरमा शनिबार निधन भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले दिवंगत आमाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै भट्टराई लगायत सबै परिवारजनमा गहिरो समवेदना प्रकट गर्नुभएको छ ।
प्रतिक्रिया राख्नुहोस्