उपत्यकामा राति ८ बजेपछि सवारी सञ्चालनमा रोक
काठमाडौं– बिहीबारदेखि लागू हुने गरी काठमाडौं उपत्यकामा रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइने भएको छ ।
मंगलबार बसेको काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले बिहीबारदेखि लागू हुने गरी बेलुकी ८ बजेपछि सार्वजनिक तथा निजी सवारी साधन सञ्चालनमा रोक लगाएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिनुभयो । ‘अब राति ८ बजेभन्दा अगाडि आफ्नो गन्तव्यमा पुगिसक्नुपर्ने छ,’ उहाँले भन्नुभयो ।
रात्रिकालीन समयमा हुने सवारीसाधनको आवतजावतमा कडाइ गरिए पनि अत्यावश्यक सवारीसाधन सञ्चालनमा भने रोक नलगाइएको उहाँले बताउनुभयो ।
उपत्यकामा जारी निषेधाज्ञा भदौ ८ गतेसम्म थप गरिएको छ ।
प्रतिक्रिया राख्नुहोस्