लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन आह्वान

लुम्बिनी- लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन आह्वान भएको छ । प्रदेश प्रमुख अमिक शेरचनले भदौ १ गते नवौँ अधिवेशन आह्वान गर्नुभएको प्रदेशसभा सचिवालयले सूचनामार्फत जानकारी गराएको हो ।

प्रदेश प्रमुख शेरचनले संविधानको धारा १८३ को उपधारा १ बमोजिम प्रदेशसभाको अधिवेशन आह्वान गर्नुभएको प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिनुभयो ।

प्रदेशमा संविधानको धारा १६८(२) बमोजिम गत साउन २८ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएका कुलप्रसाद केसीले ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने व्यवस्था छ । अधिवेशनमा मुख्यमन्त्री केसीले विश्वासको मत लिनसक्ने आँकलन गरिएको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.