पर्यटकीय गाउँ घान्द्रुक पुग्ने सडक कालोपत्रे हुँदै
कास्की- कास्कीको पर्यटकीय गाँउ घान्द्रुक पुग्न गण्डकी प्रदेश सरकारको लगानीमा सडक स्तरोन्नति भइरहेको छ ।
अन्नपूर्ण संरक्षण क्षेत्र अन्तर्गत पर्ने यो गाउँ पुग्न स्थानीय नयाँपुलदेखि सडक स्तरोन्नति थालिएको हो । जस अन्तर्गत विरेठाँटी हुँदै सिम्वैसम्मको १० किलोमिटर सडक कालोपत्रे सुरु गरिएको आयोजनाका सहायक इन्चार्ज हरि थापाले जानकारी दिनुभयो ।
पोखरास्थित शर्मा सुर्य जेभीले कुल १९ करोड ५० लाखमा निर्माण जिम्मा लिएको सो सडक नालासहित ८ मिटर फराकिलो बनाइएको छ । जसमध्ये स्याउलीबजार क्षेत्रमा १ किलोमिटर सडक यसअघि नै कालोपत्रे भइसकेको छ ।
योजना अन्तर्गत हालसम्म ७५ प्रतिशत कार्य सकिएको र यहि पुष मसान्तसँग सम्पूर्ण काम सक्ने निर्माण कम्पनीको दावी छ ।
गाउँसम्म सडक पुगेसँगै विगतको तुलनामा पर्यटक बढेको घान्द्रुकका होटल व्यवसायी विक्रम गुरुङ बताउनुहुन्छ ।
२०५८ सालमा ट्याक खोलिएको यो सडकको हालसम्म स्तरोन्नति हुने सकेको थिएन । यही सडक हुँदै विश्वकै चर्चित अन्नपूर्ण आधार शिविर पनि पुग्न सकिन्छ ।।
प्रतिक्रिया राख्नुहोस्