अफगानिस्तानमा रहेका नेपालीको तत्कालै उद्धार गर्ने सरकारको निर्णय
काठमाडौं- सरकारले अफगानिस्तानमा रहेका नेपाली नागरिकको शिघ्र उद्धार गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकले अफगानिस्ताामा विकसित घटनाप्रति चासो राख्दै त्यहाँ रहेका नेपाली नगरिकको तत्कालै उद्धार गर्ने निर्णय गरेको हो ।
सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले नेपालीको उद्धारको लागि गठन गरेको निकायहरुलाई समन्वयात्मक ढंगले काम गर्न बैठकले निर्देशन दिएको बताउनुभयो ।
त्यस्तै भूपूर्व गोर्खा सैनिकहरुको सम्बोधन हुन बाँकी रहेका समस्या समाधान गर्न माग गर्दै बेलायतको लण्डनमा जारी आमरण अनशन प्रति सरकारको ध्यानाकर्षण भएको समेत उहाँले बताउनुभयो ।
यस समस्यालाई कूटनीतिक माध्यमबाट समाधान गर्न सरकार प्रतिबद्ध रहेको र यस सम्बन्धी कूटनैतिक प्रक्रिया समेत अगाडि बढिसकेको प्रवक्ता कार्कीले बताउनुभयो ।
उहाँले आमरण अनशन फिर्ता लिन भूपूर्व ब्रिटिस गोर्खासँग सम्बन्ध सबैमा आग्रह गर्नुभएको छ ।।
प्रतिक्रिया राख्नुहोस्