नारायणी अस्पतालमा अख्तियारको छापा

वीरगन्ज– वीरगन्जको नारायणी अस्पतालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले छापा मारेको छ ।

अस्पतालको औषधि पसल अर्थात फार्मेसीमा करोडौं रुपैँयाको आर्थिक अनियमितता भएको उजुरीका आधारमा अख्तियारको मकवानपुरबाट गएको टोलीले छापा मारेको हो । अस्पतालको औषधि पसलमा ७० देखि ८० लाख रुपैया मुल्य बराबरको म्याद गुज्रिएको औषधी खरिद गरी अनियमितता गरेको उजुरीको आधारमा अस्पतालमा छापा मारिएको आयोगको कार्यालय मकवानपुरका सुचना अधिकारी विष्णु सापकोटाले जानकारी दिनुभयो । औषधि पसलको गोदाममा जाँच गर्दा ठूलो परिमाणमा म्याद गुज्रेको औषधी फेला पारीएको पनि उहाँले बताउनुभयो ।

आयोगको टोलीले औषधि पसलसँग सम्बन्धित अस्पतालको लेखा शाखा तथा भण्डार शाखामा रहेका कागजातहरुलाई नियन्त्रणमा लिएको छ । अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. विरेन्द्र बहादुर प्रधानले औषधि पसलको गोदाममा म्याद गुज्रेको औषधी पाइएको सम्बन्धमा फार्मेसी इन्चार्ज हरेन्द्र यादवले आफुलाई कुनै जानकारी नदिएको बताउनुभयो । Pause
अस्पतालको फार्मेसीबाट आवस्यक औषधी नपाएको निरंतर गुनासो उठदै आएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.