अफगानिस्तानबाट उद्धार गरेर १२७ नेपाली काठमाडौँ ल्याइयो

काठमाडौँ- अफगानिस्तानबाट उद्धार गरिएका १२७ जना नेपालीलाई काठमाडौं ल्याइएको छ ।

गृहमन्त्री बालकृष्ण खाँणको पहलमा उहाँहरुलाई काठमाडौँ ल्याउन सफल भएको मन्त्री खाँणका स्वकीय सचिव नरेन्द्र केसीले बताउनुभयो ।

उहाँहरुलाई अफगानिस्तानको काबुलबाट अमेरिकी एयरफोर्सको विमानले उद्धार गरेर कुबेत लगेको र त्यहाँबाट काठमाडौ ल्याइएको हो ।

जजिरा एअरलाइन्सबाट विहान १०ः१५ बजे उद्धार गरिएका नेपाली काठमाडौं आइपुगेको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल कार्यालयका प्रवक्ता रिन्जी शेर्पाले जानकारी दिनुभयो ।

उद्धार गरिएका नेपालीलाई आइसोलेशनमा राखेर स्वास्थ्य परीक्षण गरिने र त्यसपछिमा घर पठाइने बताइएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.