अब नयाँ दल दर्ता : वरिष्ठ नेता नेपाल

काठमाडौं- नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओली एकताका लागि इमान्दार नभएका कारण अब अर्को पार्टी दर्ता गरिने बताउनुभएको छ ।

बानेश्वरमा सांसद तथा केन्द्रीय सदस्यको भेलामा वरिष्ठ नेता नेपालले अव छुट्टै पार्टी दर्ता गरेर अघि बढ्ने बताउनुभएको हो । केपी शर्मा ओली इमानदार नभएपछि एमालेमा बस्नु के अर्थ छ भन्दै उहाले अब नयाँ दलमार्फत जनतामा जाने बताउनुभएको थियो ।

छलफलपछि एमाले सांसद मेटमणी चौधरीले एमाले बिभाजन गर्ने कुरा टुङ्गो लागेको बताउनुभयो । २० प्रतिशत थ्रेसहोल्ड राखेर नयाँ पार्टी दर्ता गर्ने कानून आएलगतै दल दर्ता हुने उहाँको भनाई छ । उहाँले लोकतान्त्रिक पार्टीमा नयाँ दल दर्ता गर्ने अधिकार सबैलाई भएको र कसैले रोक्न नसक्ने धारणा राख्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.