नेपाल टेलिभिजनका पूर्वअध्यक्ष डा. विष्टलाई मातृशोक

काठमाडौं– नेपाल टेलिभिजनका पूर्वअध्यक्ष डा. महेन्द्र विष्टलाई मातृशोक परेको छ ।

डा. विष्टकी आमा ८३ वर्षीया पूर्णमाया विष्टको मंगलबार साँझ ६ बजे काठमाडौंको मेडिकेयर अस्पतालमा निधन भएको हो । उहाँ दमको समस्याबाट पीडित हुनुहुन्थ्यो ।

स्व. विष्टको बुधबार उदयपुरको बेलका नगरपालिका आम्बासीमा अन्तिम संस्कार गरिएको छ ।

स्व. विष्टका पति, ५ छोरा र एक छोरी हुनुहुन्छ ।

नेपाल पत्रकार महासंघले पूर्वअध्यक्ष एवं सल्लाहकार डा. विष्टलाई मातृशोक परेकोमा शोक व्यक्त गरेको छ ।

महासचिव रोशन पुरीले बुधबार शोक बक्तव्य जारी गर्दै स्वर्गीय आत्माको चिरशान्तिको कामना गर्दै महासंघका पूर्वअध्यक्ष एवं सल्लाहकार विष्टसहित शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.