रसुवाको कोलडाँडामा पहिरोले घर पुरिँदा २ जनाको मृत्यु, २ जना बेपत्ता

रसुवा-रसुवाको नौकुण्ड गाउँपालिका ५ कोलडाँडामा पहिरोमा परि बेपत्ता भएका चार मध्ये दुई जनाको शब भेटिएको छ ।

३२ वर्षीय कमला गलान र उनकी कान्छी छोरी ८ वर्षीय सुकुमाया गलानको शब भेटिएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायब उपरिक्षक देवेन्द्र पाण्डेले जानकारी दिनुभयो ।

बेपत्ता भएका ११ वर्षीय सोकिता गलान र ७ वर्षीय आशिष गलानको खोजि कार्य भइरहेको उहाँले बताउनुभयो ।

पहिरोमा परी गम्भिर घाइते भएका ३६ वर्षीय श्यामबहादुर गलान तामाङलाइ उद्धार गरी थप उपचारका लागि ट्रमा सेन्टर काठमाण्डौ ल्याइएको प्रहरीले जनाएको छ ।

एक तले जस्ताले छाएको घरमाथि सडकको डिल भासिँदा एक घर पहिरोले पुरेको छ । घटनास्थलमा स्थानियबासी, सेना प्रहरी उद्धारमा खटिएका छन् ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.