कोरोना महामारी नियन्त्रणका लागि उच्चस्तरीय समिति

काठमाडौं– सरकारले कोरोना महामारी नियन्त्रणका लागि स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठको अध्यक्षतामा उच्चस्तरीय समिति गठन गरेको छ ।

कोरोना महामारीको व्यवस्थापन, नियमित स्वास्थ्य सेवा प्रवाहलाई प्रभावकारी कार्यान्वयन, अनुगमन र व्यवस्थापनका लागि गठित समितिको उपाध्यक्षमा स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेल, सह–उपाध्यक्षमा प्रमुख विशेषज्ञ डा. दिपेन्द्र रमण सिंह र सदस्य सचिवमा नीति योजना तथा अनुगमन महाशाखाका प्रमुख डा. गुणराज लोहनी रहनु भएको छ ।

समितिले कोभिड–१९ महामारी रोकथाम तथा नियन्त्रणसँग सम्बन्धित अन्तर्राष्ट्रिय सीमा नाकामा हेल्थ डेस्क सञ्चालन, ट्रेसिङ, क्वारेन्टिन, टेस्टिङ, आइसोलेसन, उपचार व्यवस्थापन, खोप आूर्ति तथा अभियान सञ्चालन, औषधि, औजार/उपकरण खरिद तथा आपूर्ति व्यवास्थपन लगायतका विषयमा नीतिगत निर्णय गर्ने लगायतका काम गर्ने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.