मोटरसाइकल दुर्घटनामा ३ जनाको मृत्यु

बारा- बारामा मोटरसाइकल एकापसमा ठोकिँदा तीन जनाको मृत्यु भएको छ ।

जितपुर–सिमरा उपमहानगरपालिकाको पूर्व–पश्चिम राजमार्गमा १६ टाँगिया जाने बाटोमा प्रदेश २, ०३–००२ प ५३३५ र बा ६५ प २७५६ नं को अर्को मोटरसाइकल गएराति एकापसमा ठोकिँदा नुवाकोटको घुङताङ– ३ का ४० वर्षीय टुलुराज तामाङ, बाराको निजगढ नगरपालिका– ९ का १६ वर्षीय विकास साह र सोही ठाउँ बस्ने ३५ वर्षीया सुनैनादेवी साहको मृत्यु भएको प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिनुभयो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.