पतञ्जली आयुर्वेद मेडिकल कलेजको पठनपाठन ठप्प, विद्यार्थीहरु आन्दोलित

काभ्रे- काभ्रेको धुलिखेलस्थित पतञ्जली आयुर्वेद मेडिकल कलेजले विगत ४० दिनदेखि पठनपाठन ठप्प पारेपछि विद्यार्थीहरु आन्दोलित भएका छन् ।

कलेजको पठनपाठन ठप्प भएपछि विद्यार्थीहरु पठनपाठन सञ्चालन गर्न कलेज प्रशासन र व्यवस्थापन समितिसमक्ष माग गरेका हुन् ।

भौतिक पूर्वाधार लगायतका मापदण्ड पूरा नभएको भन्दै चिकित्सा शिक्षा आयोगबाट शैक्षिक सत्र ०७८-७९ मा पतञ्जली आयुर्वेद मेडिकल कलेजलाई नयाँ विद्यार्थी भर्ना गर्नका लागि कुनै पनि सिट प्रदान नगरेपछि पतञ्जली आयुर्वेद मेडिकल कलेज व्यवस्थापनले पठनपाठन ठप्प पारेको विद्यार्थीहरु बताउँछन् ।

तर कलेजले भने विद्यार्थीहरुले उल्टै शुल्क नतिरेका कारण पढाई नभएको आरोप लगाएको छ । सिट दिने-नदिने कलेज र चिकित्सा शिक्षा आयोगबीचको विषय रहदाँरहँदै पनि सोही कारणले गर्दा कलेज प्रशासनले अध्ययन-अध्यापनका सम्पूर्ण कार्यक्रम नै बन्द गरी विद्यार्थीमाथी अन्याय र भविष्य माथि ठूलो खेलबाड गरिरहेको विद्यार्थीहरुको भनाई छ ।

यसअघि नियमित रुपमा हुँदै आएको अनलाई पठनपाठनको काम सुचारु गर्नको लागि आफुहरुले पटक पटक आग्रह गर्दा पनि कलेज प्रशासनले द्विपक्षीय छलफल टार्न विभिन्न बहाना बनाउदैँ आएको र हाल कलेज प्रशासन र व्यवस्थापनका सम्पूर्ण पदाधिकारी नै सम्पर्क विहिन बनेका विद्यार्थीहरु बताउँछन् ।

विद्यार्थीहरुसँग कलेज प्रशासन छलफलामा बस्न नमान्ने तर बाहिर प्रचारमा विद्यार्थीले शुल्क नबुझाएको कारणले कलेज बन्द गरिएको जस्ता भ्रामक अभिव्यक्ति दिएको देखिएको ब्याचलर अफ आयुर्वेदिक मेडिसिन एण्ड सर्जरी प्रथम बर्षका विद्यार्थी रुपेश ठकुरीले बताउनुभयो ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.