पर्सामा गएराति थप ४५ जनामा कोरोना संक्रमण पुष्टि
वीरगन्ज महानगर क्षेत्रमा संकलित स्वाब परिक्षणको अधिकांश रिपोर्ट पोजिटिभ
पर्सा- पर्सा जिल्लामा ४५ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । साउन १२ गते देखि १६ गतेसम्म संकलन गरिएको स्वाबको नमुना नारायणी अस्पतालको प्रयोगशालामा परिक्षण गर्दा १४ जना महिला र ३१ जना पुरुष थप ४५ जना संक्रमित भेटिएका हुन् ।
गएराती आएको परीक्षण रिर्पोटमा सबैभन्दा बढी वीरगन्ज महानगरपालिकाको वडा नं. ४ बाट चार जना महिला सहित २० जना रहेका छन् । त्यसैगरी वडा नं. ११ बाट ६ जना महिला सहित १५ जना संक्रमित फेला परेको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले जनाकारी दिनुभयो ।
उहाँले ५ वर्ष देखि ६२ वर्ष उम्मेर समुहका संक्रमित रहेका बताउनुभयो । वीरगन्ज महानगरपालिकाले गरेको एकघर एक निशुल्क स्वाव संकलन अभियान अन्तर्गत संकलन गरिएको स्वाबमा अधिकांश संक्रमित फेला परेको अस्पतालले जनाएको छ ।-
प्रतिक्रिया राख्नुहोस्