पूर्वप्रधानमन्त्री खनाल स्वदेश फिर्ता

काठमाडौं– पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनाल नयाँ दिल्लीमा उपचारपछि स्वदेश फर्कनुभएको छ ।
मिर्गौला प्रत्यारोपण गरी फर्कनुभएका खनाललाई त्रिभूवन विमानस्थलमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहितका नेता कार्यकर्ताले स्वागत गर्नुभएको थियो ।
विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा नेता खनालले आफूले पुनर्जीवन पाएको बताउँदै बाँकी जीवन देश र जनताका लागि समर्पित गर्ने बताउनुभयो ।
खनाललाई पत्नीकी दिदीकी छोरी मेरिना चित्रकारले मिर्गौला दान गर्नुभएको थियो ।






प्रतिक्रिया राख्नुहोस्