विभिन्न ठाउँका ४ वटा घर पहिरोले पुरिँदा मृत्यु हुनेको संख्या ११

पर्वत- पर्वत जिल्लाका विभिन्न ठाउँका ४ वटा घर पहिरोले पुरिँदा मृत्यु हुनेको संख्या ११ पुगेको छ ।

गए रातिको भीषण वर्षापछि पहिरो जाँदा कुश्मा नगरपालिका–३ दुर्लुङमा पाँच जनाको कुश्मा नगरपालिका ११ पकुवामा पाचँ जनाको र मोदी गाउपालिकामा १ जनाको पहिरोले पुरिएर मृत्यु भएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिनुभयो । मृत्यु हुनेमा ५ जना एकै परिवारका रहेको र ३ जना बेपत्ता रहेको पर्वत समाचारदाता शीला पाण्डेले पठाएको समाचारमा उल्लेख छ ।

यसैगरि पोखरा बाग्लुङ राजमार्गको मोदी कुस्म खण्डमा १० ठाउँमा पहिरो जाँदा यातायात सञ्चालन बन्द भएको छ । पहिरोले बिजुलीका पोलहरु बगाएका कारण सदरमुकाम कुस्मा लगायतका जिल्लाका विभिन्न ठाउँमा विद्युत तथा इन्टरनेट सेवा अवरुद्ध भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.