एमाले उपाध्यक्ष गौतमद्वारा पार्टीबाट राजीनामा

काठमाडौं– नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले राजीनामा दिनुभएको छ ।

गौतमले शुक्रबार पार्टी कार्यालय थापाथली पुगेर अध्यक्ष केपी शर्मा ओलीलाई राजीनाम बुझाउनुभएको कार्यालय सचिव शेरबहादुर तामा‌ङले जानकारी दिनुभयो ।

राजीनामा पत्रमा गौतमले अध्यक्ष निर्वाचित भएपछि ओलीले महाधिवेशनबाट पारित राजनीतिक कार्यदिशालाई अबलम्बन नगरेको आरोप लगाउनुभएको छ ।

गौतमले जनताको बहुदलीय जनवाद अस्वीकार गरेकाले नवगठित नेकपा एकीकृत समाजवादीमा नजाने बताउनुभएको थियो । आगामी राजनीतिक संलग्नताबारे भने गौतमले बोल्नुभएको छैन ।

गौतमले एमालेमा चार दशकभन्दा लामो राजनीतिक जीवन व्यतित गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.