स्वास्थ्य सेवालाई गुणस्तरीय र प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य सेवालाई गुणस्तरीय र प्रभावकारी बनाउन निर्देशन दिनु भएको छ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान सभाको चौथो बैठकलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री एवं प्रतिष्ठानका कुलपति समेत रहनु भएका देउवाले त्यस क्षेत्रका दुर्गम बस्तीसम्मका जनतालाई गुणस्तरीय र प्रभावकारी स्वास्थ्य सेवा पुर्‍याउन निर्देशन दिनु भएको हो । उहाँले विगतका सम्झौताहरुको कार्यान्वयन गर्न स्वास्थ्य सेवा प्रभावकारी बनाउन निर्देशन दिनुहुँदै सरकारले आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो।

बैठकमा स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले बिशेषज्ञ सेवा पुर्‍याउन आवश्यक रहेको उल्लेख गर्दै ३ सय बेडको अस्पाताल बनाउने तर्फ अगाडी बढ्न आग्रह गर्नु भयो।

प्रतिष्ठानकी उपकुलपति डाक्टर संगीता भण्डारीले प्रतिष्ठानको समग्र अवस्थाबारे जानकारी गराउँदै विशेषज्ञ चिकित्सक आकर्षित गर्नु चूनौतिपूर्ण रहेको जानकारी गराउनु भयो ।

प्रतिष्ठान सभाको चौथो बैठकले आर्थिक वर्ष २०७८/०७९को वार्षिक नीति तथा कार्यक्रम, बार्षिक बजेट, शैक्षिक कार्यक्रम, लगायतका प्रस्ताव पारित गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.