तालेवानद्वारा विमानस्थलबाट बाहिरिन अवरोध

अमेरिकी सांसद माइकल म्याक कौलले अफगानिस्तानको मजारे सरिफ विमानस्थलबाट अमेरिकी र अफगान नागरिकलाई तालिवानले बाहिरिन रोकेको आरोप लगाउनु भएको छ ।

रिपब्लिक सांसद म्याक कौलले विगत केही दिनदेखि विमान स्थलबाट विमानले उडान भर्ने प्रयास गरे पनि तालिवानहरुले अवरोध गरिरहेको बताउनु भएको हो ।

तालिवानले भने आफूहरुले विमानलाई नरोकेको बताउँदै केवल प्रोपोगाण्डा भएको जनाएका छन् । तालिवान प्रवक्ता जबिबुल्ल्हा मुजाहिदले अमेरिकी सांसदको अरोप सत्य नभएको बताउँदै सर्वसाधारण तालिवानलाई आफूहरुले केही नगर्ने स्पष्ट पार्नुभएको छ ।

रिपब्लिकन सांसद म्याक कौलले फक्स न्युजसँगको कुराकानीमा अफगानिस्तान विमानस्थलमा ६ वटा विमान अमेरिकी नागरिक र उनीहरुसँग काम गर्ने अफगान दोभाषेहरु उडानको पर्खाईमा रहेको जानकारी दिनुभयो ।

यसैबीच अमेरिकी रक्षा मन्त्रालयले यी विमानलाई तालिवानले उडानमा अवरोध गरेको स्पष्ट पारेको छ । विमानस्थलमा विगत ६ दिनदेखि झण्डै १ हजार जना अमेरिकी र अफगान नागरिक उडानको पर्खाईमा रहेको जनाइएको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.