भूतपूर्व राष्ट्रपति जुमालाई जेल सजाय छुट

अदालतको अवहेलनामा जेल सजायँ काटिरहनु भएका दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति ज्याकोव जुमालाई स्वास्थ्य उपचारका लागि प्रतिज्ञामा जेल छुट दिइएको छ ।

७९ वर्षीय पूर्व राष्ट्रपति जुमालाई १५ महिनाको जेल सजायँ तोकिएको थियो ।

जुमाको कस्तो प्रकारको स्वास्थ्य समस्या हो भन्ने स्पष्ट पारिएको छैन । तर उहाँको बाँकी सजायँ भने समुदायमा नै निश्चित मापदण्डमा रहेर पूरा हुने जनाइएको छ ।

जुमा विगत एक महिनादेखि अस्पतालमा उपचाररत हुनुहुन्छ । उहाँको शल्यक्रिया समेत गरिएको बताइएको छ ।

राष्ट्रपति रहेका बेला भ्रष्टाचार गरेको आरोपमा भइरहेको छानविनमा असहयोग गरेको भन्दै गिरफ्तार गर्ने तयारी गरिरहेका बेला पूर्व राष्ट्रपति जुमाले गत जुलाईमा प्रहरी समक्ष आत्म समर्पण गर्नुभएको थियो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.