सी जिनपीङ र बाइडेनबीच टेलिफोन संवाद

चिनियाँ राष्ट्रपति सी जिनपीङ र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच टेलिफोन कुराकानी भएको छ । जो बाइडेन अमेरिकाको राष्ट्रपति भएपछी दोस्रो पटक उहाँहरुबीच संवाद भएको हो ।

संवादका क्रममा दुई मुलुकबीच जारी प्रतिस्पर्धा द्वन्द्वमा परिणत हुन नहुने विषयमा छलफल भएको अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाईट हाउसले जनाएको छ । साथै आपसी हित, स्वार्थ र दृष्टिकोणका बारेमा समेत छलफल भएको बताइएको छ ।

चिनियाँ सञ्चार माध्यम सीसीटिभीले विश्वको भविष्य दुई मुलुकबीचको सम्बन्धमा निर्भर रहने बारेमा छलफल भएको जनइएको छ । अमेरिका र चीनबीच व्यापार, कोभिड १९ को महामारी, जासूसी लगायतका विषयमा मतभेद रहँदै आएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.