प्रतिनिधिसभाको बैठक शुरु

काठमाडौँ- संघीय संसद अन्तर्गत् प्रतिनिधिसभाको बैठक अहिले जारी छ ।

आजको बैठकमा सरकारले प्रतिस्थापन विधेयक पारित गर्ने तयारी गरेको छ । सोही बमोजिम संसद सचिवालयले सम्भावित कार्यसूची तय गरेको छ ।

आज बस्ने बैठकमा विनियोजन विधेयकको मन्त्रालयगत एवं सचिवालय अन्तर्गतका विभिन्न शीर्षकहरुमाथि समूहीकृत छलफल गर्ने र मन्त्रालयगत रुपमा उठेका प्रश्नहरुको जवाफ दिने सम्भावित कार्यसूची रहेको छ ।

बैठकमा अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयक २०७८ पारित गरियोस् भन्ने प्रस्ताव पेस गर्नहुने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.