चितवनमा नयाँ चरा
चितवन- चितवनमा ‘धवल अर्जुनक’ नामको नयाँ प्रजातिको चरा पहिलो पटक भेटिएको छ।
नेपालका लागि फिरन्ते चरा भएपनि यो चितवनमा भने पहिलो पटक देखिएको बाराही जंगल लजका नेचर गाइड सागर बिश्वकर्माले बताउनु भयो ।
अन्द्रौली मध्यवर्ती सामुदायिक वनमा उक्त चरा भेटिएको उहाँले बताउनु भयो ।
बाराही जंगल लजका नेचर गाइड सागर विश्वकर्मा र राजिव कुमालले गत सोमबार यो नयाँ चराको तस्बिर खिचेका थिए।
यो नयाँ प्रजातिको चरा भेटिएसँगै चितवनमा चराको प्रजाति संख्या ६ सय ५८ पुगेको वर्ल्ड एजुकेशन सोसाइटी सौराहाका अध्यक्ष रमेश चौधरीले बताउनु भयो ।
प्रतिक्रिया राख्नुहोस्